२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

३९ औं  क्यान्सर सर्भाइभर भेला सम्पन्न

काठमाडौँ — नेपाल क्यान्सर हस्पिटल एवं नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा ३९ औं  क्यान्सर सर्भाइभर भेला सम्पन्न भएको छ।

३९ औं  क्यान्सर सर्भाइभर भेला सम्पन्न

कार्यक्रममा ६२ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएकी रिना श्रेष्ठ राजभण्डारीका छोरा विज्ञान राजभण्डारी तथा श्रीमान बैकुण्ठ राज भण्डारीले उनको सम्झनामा ६ लाख ५० हजार नगद सहयोग प्रदान गरेका थिए ।

उनको सम्झनामा १२ लाख नगद बराबरको इम्युनियो थेरापी मेडिसिन प्रदान पनि गरिएको थियो । कार्यक्रममा डली गुरुङ, संगीता थापा शाक्य, सुष्मा महर्जन, बबी शाक्य तथा विद्या तुलाधर लगायतले क्यान्सर विजयको यात्राबारे अनुभव साटासाट गरेका थिए ।

प्रकाशित : माघ २३, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?