कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकारको उपचारमा क्यान्सर सेन्टरको छुट

काठमाडौँ — काठमाडौं क्यान्सर सेन्टर, ताथलीले कलाकारहरूको स्वास्थ्य उपचारमा छुट दिने भएको छ । विश्व क्यान्सर दिवसका अवसरमा शनिबार सेन्टर र कलाकार संघ तथा चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ ।

कलाकारको उपचारमा क्यान्सर सेन्टरको छुट

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार प्रकाश सुवेदी र अन्य कलाकारहरुको सहभागितामा क्यान्सर सेन्टर र कलाकार संघबीच कलाकारहरुलाई उपचारमा छुट गर्ने सम्झौता भएको हो ।

सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले कलाकारहरु राष्ट्रका गहना भएको र कुनै पनि कलाकार उपचारबाट वञ्चित हुन नहुने भन्दै आफूहरुले कलाकारलाई विशेष छुटमा उपचार गराउने प्रतिबद्धता जनाए ।

यस्तै, सोही अवसरमा कलाकारहरुको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ ।चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको स्वास्थ्य जाँचबाट सुरु भएको सो कार्यक्रममा ५० जना हाँस्यकलाकार, गायक तथा कलाकारहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

प्रकाशित : माघ २२, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?