जापानद्वारा नेत्र ज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ — जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्र ज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरु हस्तानान्तरण गरिएको छ ।

जापानद्वारा नेत्र ज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार किर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रमा उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । रेटिना रोगको उपचारसँग सम्बन्धित करिब १ करोड ८५ लाख नेपाली रुपैयाँका स्वास्थ्य सामग्रीहरु जापान सरकारको कार्यक्रमअन्तर्गत अनुदानमा प्रदान गरिएको जापानी दूतावासले जनाएको छ ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा २०७७ कात्तिक १९ मा नेपालीस्थित जापानी राजदूतावास र नेपाल नेत्र ज्योति संघबीच हस्ताक्षर भएको थियो ।

सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो । हालसम्म अस्पतालबाट ७ हजारभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ । जसमध्ये करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क गरिएको थियो ।

प्रकाशित : माघ १८, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?