कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आयुर्वेद समाजको अध्यक्षमा पराजुली 

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको केन्द्रीय अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन् । पूर्वी नवलपरासी निवासी पराजुलीले आफ्ना प्रतिस्पर्ध‍ी राम श्रेष्ठ राय यादवलाई पराजित गरेका हुन् । पराजुलीले २ सय १२ मत र रायले १ सय ८१ मत पाएका हुन् । 

आयुर्वेद समाजको अध्यक्षमा पराजुली 

२५ जनाको केन्द्रीय समिति रहेको आयुर्वेद समाजको वरिष्ठ उपाध्यक्षमा महेश थापा, महिला उपाध्यक्ष सबिता निरौला श्रेष्ठ, गैरसरकारी तर्फको उपाध्यक्षमा यमलाल भट्टराई विजयी भएका हुन् ।

त्यसैगरी महासचिवमा नवीन किरण भुसाल निर्वाचित भएका हुन् । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजमा देशभरि १० हजार स्वास्थ्यकर्मी आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रकाशित : माघ १०, २०७९ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?