बुस्टरका लागि खोप माघ तेस्रो साता आइपुग्ने 

काठमाडौँ — बुस्टर डोजका लागि तेस्रो साता खोप आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले फेब्रुअरी ३ (माघ २०) गते खोप आइपुग्ने बताए । कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप लगाउनका लागि १५ लाख मात्रा ‘वाई भायोलेन्ट’ खोप ल्याउन लागिएको हो । 

बुस्टरका लागि खोप माघ तेस्रो साता आइपुग्ने 

यो खोप १२ वर्षमाथिका लागि उपयुक्त मानिएको र नयाँ भेरिएन्टमा पनि काम लाग्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबार १ हजार २९७ जनाको परीक्षणमा ११ संक्रमित देखिएका छन् भने देशभर ३२ जना सक्रिय संक्रमित छन् । हालसम्म एक मात्रा २ करोड ३२ लाख ८ हजार ४८३ जनाले लगाएका छन् ।

त्यसैगरी भने दोस्रो मात्राको खोप लगाउने २ करोड २३ लाख २४ हजार ९३३ जना रहेका छन् । अतिरिक्त मात्राको खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार ७९१ जना रहेको छ ।

हाल बुस्टर खोपका लगि खोप उपलब्ध छैन ।चीनको सिनोभ्याक खोप मात्र स्टकमा रहेका छन् जुन बुस्टरका लागि लगाउन मिल्दैन । छिमेकी मुलुकमा ओमिक्रोनको सबे भेरिएन्ट ‘बीएफ.७’ देखिएसँगै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : माघ ४, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?