कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपालगन्जमा दादुराबाट एक बालकको मृत्यु

जे पाण्डे

नेपालगन्ज — दादुराको संक्रमणबाट नेपालगन्जमा एक बालकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार त्यहाँ अहिलेसम्म २५ जनाभन्दा बढी बिरामी फेला परिसकेका छन् ।

नेपालगन्जमा दादुराबाट एक बालकको मृत्यु

बिरामी भएका बालबालिकामध्ये बुधबार एक बालकको मृत्यु भएपछि नेपालगन्जमा संक्रमणको खतरा बढेको भन्दै प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर सहयोगका लागि स्थानीय सरकारलाई पत्राचार गरेको छ ।

गत शनिबार नेपालगन्ज उपमहानरपालिकोको वडा नम्बर–५,स्थित एउटै परिवारका ४ बालबालिकामा दादुरा भएको फेला पारेका थिए । अभिभावकले दादुराबाट बिरामी भएका बालबालिकालाई लुकाएकाले उपचार तथा रोग निदानमा ढिलाइ भएको थियो ।

‘धेरैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले भनिन्, ‘मृत्यु हुने बच्चा पनि सम्पर्कमा आइसकेको थिएन । अब थप बिरामीको खोजी गर्दै र दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’ उनले ४५ हजार डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउन थाल्ने बताइन् ।

शनिबार पाँच जनाबाट नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । जसमध्ये चार जनामा दादुरा पुष्टि भएको थियो । ती सबै एकाघरका रहेका छन् । सहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् । बुधबार मात्रै ५ वर्ष मुनिका ८ जना बालबालिकामा दादुराको संक्रमण देखिएको थियो ।

नेपालगन्ज वडा नम्बर ५, ७, ८, १०, १५, २२मा दादुराको बढी संक्रमण देखिएको छ । निगरानी तथा निरीक्षणमा खटिएका एक जना स्वास्थ्यकर्मीसमेत बिरामी भएका छन् । स्वास्थ्यकर्मीले दादुरा छिटो सर्न सक्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राख्ने र लक्षण देखिएकाको तथ्यांक संकलन गर्ने काम गरिरहेका छन् ।


प्रकाशित : पुस २१, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?