पोलियोविरुद्धको नियमित खोप तालिका परिवर्तन- स्वास्थ्य - कान्तिपुर समाचार

पोलियोविरुद्धको नियमित खोप तालिका परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) को नियमित तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक १७ मा मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।

नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी २ मात्रा खोप दिईनेछ । त्यसैगरी छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना (१६ हप्ताको फरकमा) २ मात्रा खोप दिइने बताइएको छ ।

यसअघिको तालिकाअनुसार एक वर्ष भित्रका बालबालिकाहरुलाई दिइने एचआईपीभी खोप ६ हप्ता र १४ हप्ता गरी दुई पटक दिइन्थ्यो भने छुटेका ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ८ हप्ताको फरकमा दुई मात्रा खोप दिइन्थ्यो ।

मन्त्रालयले खोप प्रभावकारिताकालागि विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेर खोप तालिका परिवर्तन गरेको जनाएको छ । सरकारले २०७५ साल साउन देखि बालबालिकाहरुलाई एचआइपीभी खोप दिन थालेको हो ।

प्रकाशित : कार्तिक २९, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्

आफ्ना उम्मेदवारविरुद्ध लागेको भन्दै जुम्ला कांग्रेसद्वारा ७ जनालाई कारबाही सिफारिस

डीबी बुढा

जुम्ला — नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले एक जना उपसभापतिसहित ७ जना कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । उपसभापति दिपक शाही लगायत ७ जनालाई काबाहीको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो ।

जिल्ला सभापति कर्णबहादुर शाहीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनीहरूलाई काबाहीका लागि सिफारिस गरिएको जनाइएको छ ।

उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्त बहादुर रोकाया, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, गोविन्द बहादुर शाही, आसे बस्नेत, भक्त रोकाया र गोर बहादुर सुनारलाई काबाहीका लागि सिफारिस गरिएको पार्टी सभापति कर्णबहादुर शाहीले बताए।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार विरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले कांग्रेसले कात्तिक १४ गते उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । तर नगर सभापति रवि थापाले मात्रै स्पष्टीकरण दिएका थिए ।

निजको स्पष्टीकरण पनि चितबुझ्दो नभएको सभापति शाहीले जानकारी दिए । यद्यपि अन्य पदाधिकारीले स्पष्टीकरण समेत नदिएको जुम्ला कांग्रेसले जनाएको छ ।

प्रकाशित : कार्तिक २९, २०७९ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×