२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विश्व मधुमेह दिवसमा वाकाथन  

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको आरुस लाइफ स्टाइल हस्पिटलले जनचेतना जगाउन वाकाथन आयोजना गरेको छ । गत शनिबार ‘एजुकेशन टु प्रोटेक्ट टुमरो’ नारासाथ ललितपुरको मंगलबजारदेखि माइतीघर मण्डलासम्म वाकाथन आयोजना गरिएको थियो । 

विश्व मधुमेह दिवसमा वाकाथन  

उक्त अवसरमा अस्पतालले नि:शुल्क स्क्रिनिङ कार्यक्रमसमेत गरेको थियो । मधुमेह लागिसकेपछि भन्दा लाग्नुअघि नै सचेत हुन जरुरी भएकाले जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको अस्पतालका डा. रूपक भारीले बताए ।

‘पछिल्लो समय यो रोगले महामारीको रूप लिइरहेको छ,’ उनले भने, ‘त्यही भएर रोग लाग्नबाट बच्न शारीरिक व्यायाम गर्नुपर्छ भन्ने उद्देश्यले वाकाथन गरेका हौं ।’ मधुमेह विशेषगरी वंशानुगत भन्दा पनि अस्वस्थ खानपिन र जीवनशैलीले लाग्ने गरेको उनको भनाइ छ ।

वाकाथनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी थिइन् । मधुमेहबारे सचेतना जगाउन यस किसिमको कार्यक्रम अपरिहार्य रहेको उनको भनाइ छ । मधुमेहबारे सबै मानिस बेलैमा सबैजना सचेत हुनुपर्ने र स्वस्थकर जीवनशैली अपनाउनुपर्नेमा उनको जोड छ । हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।

प्रकाशित : कार्तिक २८, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?