१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मनमोहनको कार्डियो भास्कुलर हाइब्रिड थिएटर सञ्चालनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जले शुक्रबारबाट नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्यधुनिक कार्डियो सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ ।

मनमोहनको कार्डियो भास्कुलर हाइब्रिड थिएटर सञ्चालनमा

कार्डियो भास्कुलर हाइब्रिड थिएटरले मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकै साथ गर्न सकिने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

मनमोहन सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले हाइब्रिड थिएटर अरु शल्य चिकित्सा गरिने कोठाभन्दा धेरै ठूलो र यसबाट जटिल शल्यक्रिया पनि गर्न सकिने बताए ।

‘यसमा चाहिएको खण्डमा मुटु तथा रक्तनलीको शल्यक्रिया र इन्टरभेन्सन एकै ठाउँमा विभिन्न विधाका डाक्टरहरूको समूहले एकै पटकमा गर्न सक्छन्,’ उनले भने ।

सिटीस्क्यान मेसिनले पनि मुटु धड्कनभित्रै सिटीस्क्यान गर्न सकिने उपकरण भएको अस्पतालले जनाएको छ । यसले केही सेकेण्ड भित्रै शरीरको सबै अंगको सिटी स्क्यान गर्न सकिन्छ । विकीरण पनि कम फाल्ने गरेको अस्पतालको भनाई छ । उपकरणको उद्घाटन शुक्रबार स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले गरेका थिए । उनले बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन आग्रह गरे ।

प्रकाशित : कार्तिक २५, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?