सिटामोलको मूल्य तत्काल नबढाइने

काठमाडौँ — सिटामोलको मूल्य तत्काल नबढाइने भएको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार साँझ सरोकारवालासहित बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।

सिटामोलको मूल्य तत्काल नबढाइने

स्रोतका अनुसार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । अहिलेलाई तत्काल बजारमा सिटामोल अभाव हुन नदिन उत्पादन बढाउन निजी कम्पनीलाई अनुरोध गर्ने र नेपाल औषधि लिमिटेडलाई निर्देशन दिने निर्णय भएको पनि बताइएको छ ।

हाल डेंगी संक्रमणकाबीच सिटामोल अभाव भइरहँदा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले भने आवश्यकता भएको ठाउँको पहिचान गरेर सिटामोल वितरण गर्ने सहमति भएको बताए । हाल सिटामोलको मूल्य प्रति ट्याबलेट एक रुपैयाँ पर्छ ।

डेंगीको ‘मौकामा’ सिटामोलको मूल्य बढाइँदै

प्रकाशित : आश्विन २, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?