कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : डेंगुबाट बच्न पूरा बाहुला भएको पोसाक लगाउनुहोस्

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरुलाई डेंगुबाट बच्न अनुरोध गर्दै सूचना जारी गरेको छ । सोमबार मन्त्रालयले सूचना जारी गर्दै डेंगु रोगको प्रकोप बढेसँगै यसबाट बच्न सावधानी अपनाउन सम्पूर्ण कर्मचारी एवं सार्वजनिक , सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विशेष अनुरोध गरेको हाे ।

कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : डेंगुबाट बच्न पूरा बाहुला भएको पोसाक लगाउनुहोस्

मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताएका छन् र

प्राय : दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेका छन् ।

मन्त्रालयले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको जनाएको छ ।


प्रकाशित : भाद्र २७, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?