२४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु, १०४ जना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना संक्रमणबाट २ जनाको मृत्यु र १०४ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु, १०४ जना संक्रमित

१ हजार ५९२ पीसीआर परीक्षणमा ८९ र १ हजार ९९५ एन्टीजेन परीक्षणमा १५ संक्रमित फेला परेका छन् । आइतबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ३१६ रहेको छ ।

२४ घण्टामा २०१ जना निको भएका छन् । सोही अवधिमा ८ हजार ४१२ जनाले खोप लगाएका छन् ।

हालसम्म ६ करोड १७ लाख ७६ हजार ७७० ले खोप प्राप्त गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : भाद्र २६, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?