२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

थपिए १६३ कोरोना संक्रमित, १३० जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७१८ पीसीआर परीक्षणबाट ११२ र २ हजार २८ एन्टिजेन परीक्षणबाट ५१ जनामा कोरोना पुष्टि भएको हो ।

थपिए १६३ कोरोना संक्रमित, १३० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी जम्मा ३ हजार ७४६ नमुना परीक्षणमा १६३ संक्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ३० रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबार र शनिबार गरी ४ लाख ८० हजार ८१८ जनाले खोप लगाएका छन् ।

अहिलेसम्म नेपालमा ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड २९ लाख ४५ हजार ३५३ जनाले एक मात्रा, २ करोड २२ लाख ७९ हजार ७११ जनाले पूर्ण मात्रा र ७८ लाख ४२ हजार ९२४ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?