४ हजार ८२९ परीक्षणमा ४५५ मा संक्रमण पुष्टि, २४ घण्टामा २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको तथ्यांकअनुसार २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमित फेला परेका हुन् । 

४ हजार ८२९ परीक्षणमा ४५५ मा संक्रमण पुष्टि, २४ घण्टामा २ जनाको मृत्यु

२४ घण्टामा ३०२ जना निको र २ जनाको मृत्यु भएको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ ।

२४ घण्टामा १३ हजार ३२८ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?