५ देखि ११ वर्षका बालबालिकालाई भदौ ५ गतेदेखि खोप दिइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिने भएकाे छ ।

५ देखि ११ वर्षका बालबालिकालाई भदौ ५ गतेदेखि खोप दिइँदै

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदाै ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने जनाएको छ । दोस्रो चरणमा ५० जिल्लामा फाइजर खोप लगाइनेछ ।

पहिलो चरणको खोप असार ९ गतेबाट २७ जिल्लामा दिन थालिएको थियो ।ती जिल्लामा असार ९ देखि १५ सम्म र दोस्रो मात्रा साउन २ गतेदेखि ८ सम्म लगाइएको थियो ।

पहिलो चरणमा काठमाडाैं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइएको थियो ।

५–११ वर्ष समूहका बालबालिका करिब ३९ लाख छन् ।

कहाँ कहाँ खोप लगाइनेछ?

प्रकाशित : श्रावण २७, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?