२४ घण्टामा थप ७८१ मा कोरोना पुष्टि, ५११ निको, २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार शुक्रबार ४ हजार ७१२ नमुना परीक्षणमा ७८१ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टामा थप ७८१ मा कोरोना पुष्टि, ५११ निको, २ जनाको मृत्यु

पीसीआर २ हजार २९० परीक्षणमा ४१९ र एन्टिजेन २ हजार ४२२ परीक्षणमा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोही अवधिमा ५११ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।

२४ घण्टामा २३ हजार ८०१ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण २७, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?