चीनमा देखिएको नयाँ भाइरस ‘लांग्या’बारे अहिलेसम्म के-के थाहा छ ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनमा नयाँ भाइरस ‘लांग्या हेनिपा’ (ले भी) भाइरस भेटिएको छ । पूर्वी चीनको शानदोंग तथा हेनान प्रान्तमा यो भाइरसबाट ३५ जना संक्रमित बिरामी भेटिएका छन् ।

चीनमा देखिएको नयाँ भाइरस ‘लांग्या’बारे अहिलेसम्म के-के थाहा छ ? 

संक्रमितहरुलाई जनाबरबाट भाइरस सरेको आशंका गरिएको छ । तर मानिस–मानिसबीच यो सर्न सक्छ भन्ने प्रमाण अझै फेला परेको छैन । यो महिना प्रकाशित भएको ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा यो भाइरसबारे थप प्रकाश पारिएको छ ।

सिंगापुरको ड्युक–एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाका अनुसार अहिलेसम्म यो भाइरसले जटिल तथा सिकिस्त हुने गरी संक्रमित बनाएको देखिएको छैन । तसर्थ आत्तिनुपर्ने अवस्था छैन । ‘हामी सतर्क भने रहनु नै पर्छ किनभने पुष्टि भएका विभिन्न भाइरसले मानिसमा संक्रमण गर्दा अपत्यारिलो परिणामहरू देखाएका छन्,’ अनुसन्धानकर्तासमेत रहेका वाङले भने ।

अहिलेसम्म लांग्या भाइरसबारे के-के थाहा छ?

  • ज्वरो आइरहेका बिरामीहरुलाई अनुसन्धानकर्ताले नियमित निगरानीमा राखेर परीक्षण गर्दा यो भाइरस पुष्टि भएको हो । यो भाइरस जनावरको सम्पर्कबाट सरेको बताइएको छ ।
  • संक्रमित धेरैलाई ज्वरो आउने, थकाइ लाग्ने, खोकी लाग्ने, भोक नलाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने आदि लक्षणहरु देखिएको पाइएको छ । यी लक्षणहरुले कति समयसम्म बिरामी बनाउने भन्ने कुरा भने थाहा भइसकेको छैन ।
  • केही बिरामी भने अलिकति सिकिस्त देखिएका छन् ।उनीहरुलाई निमोनिया देखिएको छ साथै कलेजो तथा मिर्गौलामा पनि समस्या देखिएको छ ।
  • वैज्ञानिकहरुले यो भाइरस २६ प्रतिशत जंगली छुचुन्द्रोमा पाएका छन् भने ५ प्रतिशत कुकुर २ प्रतिशत बाख्रामा पनि यो भाइरस पोजिटिभ देखिएको छ ।
  • ‘ले भी’ भाइरस एक प्रकारको हेनिपा भाइरस हो र यो जुनोटिक भाइरसको वर्गमा पर्दछ । यो जनावरबाट मानिसमा सर्न सक्छ । यूएस सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मानिसहरुमा देखिने हरेक चार नयाँ संक्रामक रोगहरुमध्ये ३ वटा जनावरबाट आउने वैज्ञानिकहरु आंकलन गर्दछन् । जुनोटिक भाइरसहरु मानिसहरुकालागि घातक पनि बन्न सक्छन् । जस्तै निपाह भाइरस र हेन्ड्रा भाइरस ।
  • हेन्ड्रा भाइरस १९९४ मा क्विन्स्ल्यान्डमा भेटिएको थियो जहाँ १४ जना घोडाको मृत्यु हुनुका साथै ट्रेनरको पनि मृत्यु भएको थियो । त्यसैगरी यो भाइरस अष्ट्रेलियामा पनि भाइरस भेटिएको थियो र ४ जनाको मृत्यु भएको थियो । निपाह भाइरस पहिलोपल्ट १९९९ मा देखिएको थियो । यसले साधारणदेखि जटिल इन्सेफ्लाइटिस गराउन सक्छ । सुँगुरसँगको सम्पर्कमा यो सरेको देखिएको थियो ।
  • यो नयाँ भाइरसको बारेमा अहिले नै सबै कुरा भन्न नसकिने विज्ञहरु बताउँछन् । भन्न यो मानिस–मानिसमा सर्न सक्छ वा सक्दैन भन्ने पुष्टि पनि भइसकेको छैन ।

प्रकाशित : श्रावण २६, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?