कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२४ घण्टामा ८६८ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो । 

२४ घण्टामा ८६८ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

६ हजार ३०० नमुना परीक्षणमा मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

२४ घण्टामा ४१४ निको र ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ ।

२४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण २५, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?