२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सक्रिय संक्रमित साढे ५ हजार नाघ्यो, २४ घण्टामा ५५३ मा कोरोना पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित साढे ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सक्रिय संक्रमित संख्या ५ हजार ६५९ पुगेको हो । 

सक्रिय संक्रमित साढे ५ हजार नाघ्यो, २४ घण्टामा ५५३ मा कोरोना पुष्टि

२४ घण्टामा ३ हजार ७८९ नमुना परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार २ हजार ४० पीसीआर परीक्षणबाट ४५१ र १ हजार ७४९ एन्टीजेन परीक्षणमा १०२ जनामा पोजिटिभ देखिएको हो । सोही अवधिमा ४३३ जना निको भएका छन् ।

२४ घण्टामा खोप लगाउनेको संख्या १६ हजार ९६४ रहेको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?