१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालमा थपिए ९१२ कोरोना संक्रमित, ३७० निको  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ९४१ पीसीआर परीक्षणमा ४९४ र ३ हजार ५५० एन्टीजेन परीक्षणमा ३८३ जना संक्रमित फेला परेका छन् । २४ घण्टामा जम्मा ६ हजार ४९१ नमुना परीक्षण गरिएको थियो ।  

नेपालमा थपिए ९१२ कोरोना संक्रमित, ३७० निको  

२४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?