एकै दिन थपिए ९१५ कोरोना संक्रमित, ३०१ जना निको 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा एकै दिन ९१५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

एकै दिन थपिए ९१५ कोरोना संक्रमित, ३०१ जना निको 

३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण १८, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?