२४ घण्टामा ५६४ संक्रमित, उपत्यकामा मात्रै २७६ जना- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ५६४ संक्रमित, उपत्यकामा मात्रै २७६ जना

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ४५४ नमुना परीक्षण उक्त संख्यामा संक्रमित फेला परेका हुन् । २ हजार ७७८ पीसीआरमा ४१८ र १ हजार ६७६ एन्टीजेन परीक्षणमा १४६ जना संक्रमित फेला परेका छन् । 

मंगलबार ६३८ जना संक्रमित फेला परेका थिए ।

२४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा २७६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं २१८, ललितपुरमा ४१ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १ लाख १ हजार ६०० जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण ११, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३

सुदिप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

तस्बिर : अंगद ढकाल, कान्तिपुर

यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।



प्रकाशित : श्रावण ११, २०७९ १६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×