२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कोरोना संक्रमण बढ्दै, एकैदिन ११३ संक्रमित

काठमाडौँ — कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको छ । बुधबार एकै दिन ११३ जनामा संक्रमण देखिएको हो । मंगलबारमात्र ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण बढ्दै, एकैदिन ११३ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीताकौशल मिश्राले बुधबार नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् । उनका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४७१ जना रहेका छन् ।

विगत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।


प्रकाशित : असार २२, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?