१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अस्पताल फार्मेसी सेवा निर्देशिका संशोधन गर्न माग 

काठमाडौँ — राष्ट्रिय फार्मेसी संघले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७८ संशोधन गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुंगलाई बुधबार विज्ञप्ति बुझाउँदै निर्देशिका संशोधन गर्न माग गरेको हो ।

अस्पताल फार्मेसी सेवा निर्देशिका संशोधन गर्न माग 

संघका केन्द्रीय संयोजक क्षितिज गर्तौलाको नेतृत्वमा विज्ञप्ति बुझाइएको थियो । गर्तौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पताल अनुगमनमा जाँदा अस्पताल अनुगमन समितिले सम्बन्धित अस्तपालको अस्पताल फार्मेसी, अस्पताल फार्मेसी निर्देशिकाअनुसार भए नभएको पनि अनिवार्य रुपमा अनुगमन हुनुपर्ने संघको माग छ ।

साथै अस्पताल फार्मेसी सञ्चालनका लागि बीउ पुँजी उपलब्ध गराउन सक्ने व्यवस्था, अस्पताल फार्मेसीलाई थप व्यवस्थित गरी प्रभावकारी सेवा प्रदान गर्न अस्पतालको फार्मेसी प्रमुख संयोजक रहने गरी अस्पताल फार्मेसी सञ्चालन समितिको व्यवस्थालगायत व्यवस्था हटाइएको भन्दै निर्देशिकालाई संशोधन गर्न माग गरेको हो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय कमिटी सदस्य निरज बर्तौलाले यो निर्देशिका छापामार शैलीमा कुनै पनि सरोकारवालाहरुको संलग्नताबिना जारी गरिएको निर्देशिका मान्य नहुने बताए ।

‘जनस्वास्थ्य, फार्मेसी पेसा, सरकारी अस्पताल फार्मेसी र फार्मेसी अध्ययन गरी बसेका र गर्दै गरेका फार्मेसीका दक्ष जनशक्तिहरुमा प्रत्यक्ष प्रभाव यस निर्देशिकाले पर्नेछ । त्यसैले संशोधन गरिनुपर्छ,’ उनले भने । फार्मेसी सेवा निर्देशिका २०७२ लाई खारेज गरी हालै जारी निर्देशिकामा सरोकारवालाहरुले विरोध जनाइरहेका छन् ।

प्रकाशित : असार २२, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?