१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

६२ जनामा कोरोना संक्रमण

रासस

काठमाडौं — बुधबार एकै दिन ६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जवकि मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

६२ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएकी छन्।

जसमध्ये काठमाडौंमा ३९ र ललितपुरमा ६ जनामा सङ्क्रमण देखिएको बताएकी छन् । उनका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ जना छन् । यस्तै पछिल्लो २४ घण्टामा १९ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

बुधबार एक लाख ८४ हजार ५४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म होम आइसोलेसनमा २५६, संस्थागत आइसोलेसनमा पाँच जना र एक जनाको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

प्रकाशित : असार १५, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?