कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

युवा अनुसन्धानकर्तालाई संक्रामक रोगको गणितीय नमूना सम्बन्धी तालिम

काठमाडौँ — युवा अनुसन्धानकर्ताहरूलाई लक्षित गरेर संक्रामक रोगहरूको गणितीय नमुना सम्बन्धी चार दिने तालिम काठमाडौंमा सुरु भएको छ ।

युवा अनुसन्धानकर्तालाई संक्रामक रोगको गणितीय नमूना सम्बन्धी तालिम

अमेरिकाको सान डियागो स्टेट युनिर्भसिटी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एचएचआरसी) र गणित केन्द्रीय विभाग त्रिविले संयुक्त रुपमा संक्रामक रोगहरूको गणितीय नमूना सम्बन्धीको कार्यशाला सुरु गरेका हुन् ।

तालिममा अनुसन्धानकर्ताहरूलाई गणितीय मोडलहरु प्रयोग गरेर संक्रामक रोगहरुको फैलावट, प्रक्षेपण तथा विश्लेषण सम्बन्धी तालिम दिइने गणित विज्ञानका उपप्राध्यापक खगेन्द्र अधिकारीले बताए । तालिममा सान डियागो युनिर्भसिटीका प्राध्यापक नवीन वैद्य, वासिंगटन स्टेट युनिर्भसिटीकी प्राध्यापक एलिसा सवार्ज, एनएचआरसीका अनुसन्धान प्रमुख मेघनाथ धिमालका साथै त्रिवि गणित विज्ञानका प्राध्यापकहरुले सहजीकरण गरेका छन् ।

विज्ञहरूका अनुसार पछिल्लो समयमा संक्रामक रोगहरुको अध्ययन तथा अनुसन्धानमा गणितीय नमूनाहरुको प्रयोग बढिरहेको छ । नेपालमा पनि यस्ता रोगहरुको अनुसन्धानमा गणितीय नमूना प्रयोग सम्बन्धी ज्ञान तथा सीपलाई उपयोग गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको एनएचआरसीले जनाएको छ ।

तालिममा गणित, स्वास्थ्य र वातावरण विज्ञानलगायत विधाका गरी ३० जना अनुसन्धानकर्ताहरू सहभागी छन् । तालिममा सहभागी हुनका लागि आवेदन माग गरिएको थियो । प्राप्त आवेदनलाई अध्ययन गरी उनीहरुलाई छनोट गरिएको उपप्राध्यापक अधिकारीले जानकारी दिए ।

तालिममा सहभागी भएकाहरुले संक्रामक रोगको गणितीय नमुना प्रयोग गरेर विश्लेषण गर्नका लागि एनएचआरसीलाई सहयोग पुर्‍याउने अपेक्षा लिइएको छ ।

प्रकाशित : असार ७, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?