३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाललाई अमेरिकाको २२ लाख डोज बाल खोप सहयोग

काठमाडौँ — अमेरिकी सरकारले नेपाललाई २२ लाख डोज कोभिड–१९ बाल खोप अनुदान सहयोग गरेको छ । उक्त खोप ५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित गरिएको बताइएको छ ।

नेपाललाई अमेरिकाको २२ लाख डोज बाल खोप सहयोग

‘अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत् प्रदान गरिएको हो र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल–मात्रा खोपको १५ लाख मात्रामा थपिने छन्,’ काठमाडौंस्थित अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस अनुदानले अमेरिका र नेपालबीच ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान पनि गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीका सशक्त परिणामहरू प्रतिविम्ब गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ,‘कोभिड–१९ महामारीको सुरुआतदेखि नै यसविरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ ।’

बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्न नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको उल्लेख छ ।

प्रकाशित : असार ५, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?