२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

यौन समस्या कम गर्न फिजियोथेरापी

काठमाडौँ — महिला तथा पुरुषमा हुने विभिन्न यौन समस्याहरुमा पनि फिजियोथेरापी गर्न सकिने सन्देश र सूचना दिँदै प्राण नेपाल र नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको एक दिने सामूहिक तालिम सम्पन्न भएको छ ।

यौन समस्या कम गर्न फिजियोथेरापी

फिजियोथेरापीस्ट तथा युरोलोटिस्टहरुको सहभागिता रहेको यस तालिमका प्रशिक्षक सहप्राध्यापक विमिका खड्की, महिमा तिवारी, रेखा प्रजापती, अन्तिमा श्रेष्ठ तिवारी थिए ।

विभिन्न हाड जोर्नी, नशा, बालबालिका तथा प्रसुती सम्बन्धी समस्याहरुमा फिजियोथेरापी गरिने बारे धेरैलाई थाहा भएपनि यौन तथा केही पेटका समस्याहरुमा समेत फिजियोथेरापी गर्न सकिने भन्ने बारे धेरैलाई थाहा नहुने भएको हुँदा यस तालिमको आवस्यक भएको प्राणका अध्यक्ष हरिकुमार लम्सालले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले आफू रसियामा हुँदा यस्ता समस्याहरुमा फिजियोथेरापी भएको देखेपनि नेपालमा यस्तो नदेखेको बताउँदै यो तालिमले सबैलाई फाइदा गर्ने बताएका थिए ।

यस तालिममा महिला पुरपषको यौन समस्याका बारेमा मात्र नभई गर्भावस्था, कब्जियत, आङ खसेका महिला तथा अन्य धेरै प्रसुती, युरोलोजी तथा ग्यास्ट्रोईन्टेरोलोजी समस्याहरुमा समेत फिजियोथेरापी गरिने बारे ट्रेनरहरुले सिकाएको यस कार्यक्रमका संयोज तथा नेपाल मेडिसिटी अस्पतालकी फिजियोथेरापी विभाग प्रमुख डा. मन्जु ज्ञवालीले बताइन् । आगामी दिनहरुमा नेपालमा पनि डाक्टर र फिजियोथेरापिस्टहरुको सहकार्यमा यस्तो सेवा विस्तार हुने संकेत यो तालिमले दिएको छ ।

प्रकाशित : असार ५, २०७९ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?