बोर्डले रकम नदिएपछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन- स्वास्थ्य - कान्तिपुर समाचार

बोर्डले रकम नदिएपछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले शुक्रबार सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएका छन् । 

'यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेबापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ,' सूचनामा भनिएको छ ।

अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।


प्रकाशित : असार ३, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा खोलामा डुबेर युवकको मृत्यु

सम्झना रसाइली

तनहुँ — माछा मार्नेक्रममा व्यास नगरपालिका–५ स्थित साँगेखोलामा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खोलामा डुबेर बेपत्ता भएका विकलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी दमौली अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने जीवितै उद्धार गरी अहिले दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०७९ १७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×