कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गरिने

काठमाडौँ — सरकारले सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको सहभागिता एवं समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने बताइन् । 

सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गरिने

साथै केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाइने र देशभित्रका प्रयोगशालामा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेश परीक्षण गर्न पठाइने भण्डारीले बताइन् । त्यसैगरी विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरिने योजना सरकारको रहेको छ ।

नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमहरू समेटिएका छन्‚ जुन अघिल्लो वर्ष घोषणा गरे पनि कार्यन्वयमा आउन सकेका छैनन् । यो वर्ष पनि सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा ४० वर्षमाथिका नागरिकको आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने पुरानै योजना सार्वजनिक गरिएको छ । साथै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने पनि सरकारको पुरानै नीति हो ।

राष्ट्रपति भण्डारीले स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने बताइन् । नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने र शारीरिक तथा मानसिक अपांगता भएका व्यक्ति, क्यान्सरलगायत दीर्घ रोगीलाई प्रत्येक प्रदेशमा पुनःस्थापना र परामर्श केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिनेछ र नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने नीति सरकारले ल्याएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?