कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीपी प्रतिष्ठानमा थपियो १२ डायलसिस मेसिन

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी प्रतिष्ठानमा बिहीबार  मेडिसिन विभागअन्तर्गत रहेको डायलसिस युनिटमा १२ वटा नयाँमेसिन र बेड विस्तार गरिएको छ ।

बीपी प्रतिष्ठानमा थपियो १२ डायलसिस मेसिन

प्रदेश १ र मधेस प्रदेशसहित मुलुकका विभिन्न जिल्लाबाट डायलसिस गर्न आउने मिर्गौला रोगीको चाप अत्यधिक भएर महिनौँ पालो पर्खाउनु परेकाले थप १२ वटा मेसिन विस्तार गरेर २० वटा बनाएको मेडिसिन विभागका प्रमुख प्रा.डा. रवीन मास्केले बताए । उनले भने, ‘डायलसिस गर्नुपर्ने मिर्गौला रोगीको संख्या अत्यधिक बढेका छन् ।

‘सीमित मात्रामा मेसिन भएकाले सबैलाई आवश्यकताअनुसार डायलसिस सेवा दिन सकिरहेका थिएनौं । धरानकै स्थानीय बिरामीले समेत महिनौँ पालो कुर्ने गरेका थिए,’ उनले भने, ‘टाढाटाढाका बिरामीले त झन सास्ती नै पाएका थिए । अव यो थपिएको १२ सहित २० वटा मेसिन २४सै घण्टा संचालन गर्दा पनि मासिक रूपमा एक हजार जना बढीलाई सेवा दिन सक्छौं ।’

दुई थान पुराना प्रविधिको डायलसिस मेसिन भएको प्रतिष्ठानमा सन २००४ मा मिर्गौला र मुटुरोग विशेष प्रा.डा. सञ्जीव शर्माको पहलमा रोयल लण्डन हस्पीटलले दिएको ११ थान डायलसिस मेसिन कतार एयरले नि:शुल्क ढुवानी गरेर ल्याइदिएपछि प्रतिष्ठानमा मिर्गौला रोगीहरुको डायलसिस सेवा प्रभावकारी भएको भएको थियो । त्यसपछि केही मेसिन थपेर बेग्लै हेमोडायलसिस युनिट बनाइएको छ । तर पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै गएकाले सेवा विस्तार गर्नुपरेको थियो ।

प्रतिष्ठानको हेमोडायलसिस युनिट हेर्न डा. प्रशान्तमणि त्रिपाठी र नर्सिङ इन्चार्जका रूपमा कल्पना कार्कीलाई जिम्मेवारी दिइएको छ ।

रणनीतिक कार्य योजना सार्वजनिक

बीपी प्रतिष्ठानले उपचार सेवाको गुणस्तर वृद्धि गर्दै आधुनिक मेडिकल उपकरण जडान र प्रविधि प्रयोग गरेर मुलुककै उत्कृष्ट स्वास्थ्य शैक्षिक संस्था बनाउन भन्दै रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।

रणनीतिक कार्ययोजनाअनुसार प्रतिष्ठानका पर्याप्त दक्ष जनशक्ति भएकाले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिष्ठानको एमबीबीएस, एमडीएमएस, एमडीएस, पीजी, डीएम एमसीएच, कलेज अफ नर्सिङ र कलेज अफ डेन्टल सर्जरी जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने रहेको छ । सुपर स्पेसियालिटी सेवालाई थप विस्तार गर्न भारतका स्थापित विश्वविद्यालयसँग समन्वय र सहकार्यको प्रक्रिया सुरु गरेको उपकुलपति गिरीले बताए ।

प्रकाशित : वैशाख १५, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?