२४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त, ८२ संक्रमित

काठमाडौँ — २४ घण्टामा देशभर गरी २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा संगीता मिश्राले ६ हजार १७५ परीक्षणमा ८२ संक्रमित फेला परेको जनाइन् ।

उनका अनुसार ४ हजार ७९० पीसीआर परीक्षणमा ४१ र १ हजार ३८५ एन्टिजेन परीक्षणमा ४१ जनामै पोजिटिभ देखिएको छ ।
नेपालमा बुधबारसम्म कुल संक्रमितको संख्या ११ लाख १८ हजार १०२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५७४ रहेको छ । मृतक भने ११ हजार ९५० पुगेका छन् ।
२४ घण्टामा १ लाख ५ हजार ४२२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।