कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गर्भावस्थामा लगाएको कोभिडविरुद्धको खोपले शिशुलाई पनि सुरक्षा : अध्ययन

कान्तिपुर संवाददाता

काठमाडौँ — गर्भावस्थामा लगाएको कोभिडविरुद्धको खोपले जन्मिने शिशुलाई पनि सुरक्षा प्रदान गर्ने र अस्पताल भर्ना हुनबाट जोगाउने एक अध्ययनले देखाएको छ ।

गर्भावस्थामा लगाएको कोभिडविरुद्धको खोपले शिशुलाई पनि सुरक्षा : अध्ययन

मंगलबार सार्वजनिक अमेरिकी अध्ययनले गर्भावस्थामा कोभिड खोपले जन्मिने शिशुलाई सुरक्षा प्रदान गर्ने दाबी गरेको हो । यूएस सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ( सीडीसी) र अमेरिकाका विभिन्न बाल अस्पतालका अनुसन्धानकर्ताले सो अध्ययन गरेका थिए । जुलाई २०२१ देखि जनवरी २०२२ सम्म ६ महिनासम्मका शिशुहरुको अध्ययन गरिएको थियो ।

अध्ययनले अस्पतालमा भर्ना भएको ३७९ जना शिशुको विश्लेषण गरेको थियो जसमा १७६ जनामा कोरोना संक्रमण र २०३ जना अरु कारणले अस्पताल भर्ना भएका थिए । अध्ययनले गर्भावास्थामा कोभिड खोप लगाएका माहिलाबाट जन्मिएका शिशुमा अस्पताल भर्ना हुने सम्भावना समग्रमा कोभिड विरुद्धको खोप ६१ प्रतिशत प्रभावकारी देखिएको पाएको छ ।

गर्भवती भएको २१ सातादेखि सुत्केरी हुनु १४ दिन अगाडिसम्म खोप लगाएकाहरुको शिशुलाई खोपले ८० प्रतिशतसम्म सुरक्षा प्रदान गरेको देखिएकाे दाबी गरिएको छ । तर, २१ साता अगाडि नै खोप लगाएकाहरुमा भने खोपले ३२ प्रतिशतसम्म मात्रै सुरक्षा प्रदान गरेको पाइएको छ ।

सीडीसीकी डेना मिनी डेल्मन भन्छिन्–'अहिले त हामीले आमा र शिशु दुवैलाई सुरक्षित पार्नुपर्छ । गर्भवती महिला यदि खोप लगाउन चाहनुहुन्छ भने अगाडि बढेर लगाउनुस् ।'

सीडीसीका अनुसार गर्भवती महिला कोभिडबाट गम्भीर रोग लाग्ने जोखिममा हुन्छन् । गर्भावस्थाका समयमा कोभिड लागेमा समय नपुगी बच्चा जन्मिने, मृत शिशु जन्मिने, गर्भवास्थाकामा समयमा जटिलता बढ्ने लगायतका समस्या देखिन सक्छन् ।

सीडीसीले गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भको योजना बनाइरहेका महिला र भविष्यमा गर्भवती हुनसक्ने महिला सबैले कोभिडविरुद्धको खोप लगाउन सिफारिस गरेको छ । अघिल्ला अध्ययनहरुले पनि गर्भवस्थाका समयमा कोभिडविरुद्धको खोपले समय नपुगी बच्चा जन्मिने र कम तौल बच्चा जन्मिनेसँग कुनै सम्बन्धित नरहेको बताएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?