कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य परामर्शका लागि ११५६ सञ्चालनमा

काठमाडौँ — नेपाल चिकित्सक संघले स्वास्थ्य परामर्शका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य परामर्शका लागि ११५६ सञ्चालनमा

नेपाल चिकित्सक संघ, अमेरिका‚ नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर सञ्चालनमा आएकाे हो ।

संघका महासचिव डा. बद्री रिजालले माघ ११ गतेदेखि प्रत्येक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कल सेन्टर खुल्ला रहने बताए ।

कोभिड-१९ को तेस्रो लहर व्यापक रुपमा बढ्दै गइरहेकाले सर्वसाधारणलाई पर्न सक्ने स्वास्थ्यसम्बन्धी समस्याका लागि कल सेन्टरमा सम्पर्क राखी आवश्यक परामर्श लिन सक्ने उनले बताए ।

प्रकाशित : माघ १३, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?