फ्रान्स र इटालीले नेपाललाई पठाएको १३ लाख मात्रा खोप आइपुग्यो

काठमाडौँ — कोरोनाविरुद्धको खोप अभियान कोभ्यासमार्फत् फ्रान्स र इटालीले प्रदान गरेको १३ लाख मात्रा खोप बुधबार नेपाल आइपुगेको छ ।

फ्रान्स र इटालीले नेपाललाई पठाएको १३ लाख मात्रा खोप आइपुग्यो

यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कुटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले बुधबार नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेको छ ।

यस अवसरमा संक्षिप्त मन्तव्य दिँदै मन्त्री खतिवडाले फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको उदाहरण भएको प्रतिक्रिया दिए ।

खोप हस्तान्तरणपछि राजदूत डेप्रेजले भनिन् 'आज फ्रान्स र इटालीले दिएका यी खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक हो, यसले कोभिडविरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।'

बुधबार फ्रान्सले ६ लाख ८५ हजार ४०० र इटालीले ६ लाख ६३ हजार ६०० मात्रा खोप नेपाललाई हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपसमेत जोड्दा इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको सङ्ख्या ५४ लाख पुगेको छ ।

प्रकाशित : माघ १२, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?