कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

स्वास्थ्य सचिव पोखरेल भन्छन्- 'भीड नियन्त्रण होस्, हामी लकडाउनको पक्षमा छैनौं'

काठमाडौँ — स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् ।

स्वास्थ्य सचिव पोखरेल भन्छन्- 'भीड नियन्त्रण होस्, हामी लकडाउनको पक्षमा छैनौं'

संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा स्वास्थ्य सचिव पोखरेलले यस्तो बताएका हुन् ।

'हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सकिँदैन । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,' स्वास्थ्य सचिव पोखरेलले भने।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिन थालेपछि सरकारले रोकथामका लागि कडाइ गरेको छ ।

स्वास्थ्य सचिव पोखरेलले एक/दुई दिनमा पीसीआर परीक्षणको शुल्क समायोजन गर्ने पनि बताएका छन् । सरकारी ल्याबमा परीक्षण गर्नेलाई निःशुल्क गराउने पनि उनले बताए ।

बैठकमा समितिकी सभापति जयपुरी घर्तीले भने भीड नियन्त्रणका लागि अन्य निकायसँग आफूहरूले छलफल गर्ने बताएकी थिइन् । यसका लागि थप निर्णय आवश्यक भएको उनको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?