भरतपुर अस्पतालको आग्रह : सामान्य बिरामी अस्पताल नआउनू- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुर अस्पतालको आग्रह : सामान्य बिरामी अस्पताल नआउनू

रासस

काठमाडौँ — भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन् ।

जिल्लामा सङ्क्रमण दर अत्याधीक बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'कोभिड–१९ को तेस्रो लहरस्वरुप विगत केही दिनदेखि नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गइरहेको सबैलाई जानकारी नै छ ।' काठमाडौंको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी पनि उच्च सङ्ख्यामा सङ्क्रमित भएको तथ्याङ्कले समेत अस्पतालमा एक अर्काबाट सङ्क्रमण फैलनसक्ने सम्भावना बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, 'यस सन्दर्भमा सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समयपछि सार्नु उपयुक्त हुन्छ ।' भरतपुर अस्पतालमा पछिल्लो दुई दिनको परीक्षणमा देखिएको कोभिड पोजिटिभ दर अति उच्च रहेको उल्लेख गर्दै पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जना अर्थात् ५५ प्रतिशतमा पोजिटिभ देखिएको जनाइएको छ ।

त्यस्तै पुस ३० गते १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१.२५ प्रतिशतमा पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । जहाँ चितवनसहित छिमेकी १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । यसअघिका कोभिडको सङ्क्रमण उच्च हुँदा यहाँ धेरैको उपचार गरिएको थियो । कोभिड सङ्क्रमण सुरु भएपछि नियमित सङ्क्रमितको उपचार अस्पतालमा हुँदैआएको छ ।

प्रकाशित : माघ १, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा थपिए ४ हजार ६३६ कोरोना संक्रमित, २४ घण्टामा ४ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा ४ हजार ६३६ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ५५६ आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ४ हजार ६३६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । 

१० हजार ४१२ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४१२ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ मा कोरोना पुष्टि भएको हो । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

२४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् भने ३५० जना निको भएका छन् ।

त्यसैगरी ४ लाख ३५ हजार १९३ जनाले विगत २४ घण्टामा खोप लगाएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : माघ १, २०७८ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×