नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — गत २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् ।

४ हजार २०५ जना पीसीआर परीक्षणबाट र ८८३ जना एन्टिजेन परीक्षणमा पुष्टि भएका हुन् । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ ।

२४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने ३०६ जना निको भएर डिस्चार्ज भएका छन् ।

त्यसैगरी ३ लाख २० हजार २६७ जनाले विगत २४ घण्टामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रकाशित : पुस ३०, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

ट्र्याक्टर दुर्घटना हुँदा दाङमा १ को मृत्यु

कान्तिपुर संवाददाता

दाङ — दाङमा ट्र्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार दंगीशरण गाउँपालिका ४ का ५० वर्षीय दिपक बुढाथोकी छन् । 

तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो रोकिराखेको रा १ त २८२२ नम्बरको ट्र्याक्टरसँग हेकुलीमा बिहीबार राति ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

दुर्घटनामा अटो चालक दंगीशरण ३ हेकुलीका २७ वर्षीय मनीष चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×