२४ घण्टामा ३ हजार ७५ जनामा संक्रमण पुष्टि- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ३ हजार ७५ जनामा संक्रमण पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २७८ जना भने डिस्चार्ज भएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : पुस २८, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : लिङ्देन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् ।पार्टी कार्यालयमा बुधबार आयोजित मनोनीत नयाँ सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लागे पनि त्यो सत्य नभएको बताएका हुन् ।

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए ।

अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनःस्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविका, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरुसमेत लिएर अघि बढ्ने बताए । पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैंगिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताए । पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने उनको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७८ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×