सक्रिय संक्रमित ७ हजार नाघे, २४ घण्टामा १४४६ जनामा संक्रमण पुष्टि 

काठमाडौँ — नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या करिब ८ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकले सोमबार सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको जनाएको छ ।

सक्रिय संक्रमित ७ हजार नाघे, २४ घण्टामा १४४६ जनामा संक्रमण पुष्टि 

गत २४ घण्टामा गरिएको ११ हजार ४२९ कुल परीक्षणमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने २५५ जना निको भएर डिस्चार्ज भएका छन् । २४ घण्टामा २ लाख १० हजार ५९४ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा रहेको छ । देशभरी ११३ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : पुस २६, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?