कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?

काठमाडौँ — पुस महिना लागिरहँदा जाडो अत्यधिक बढेको छ । जाडोयाममा शरीर वा कोठालाई न्यायो बनाइराख्‍न हामी आगो ताप्ने, हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गर्दछौँ ।

जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?

तर, यसको प्रयोग गर्दा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिन्छ ।

कसरी सावधानी अपनाउने?

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ ।

-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं ।

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं ।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं ।

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।

(स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

प्रकाशित : पुस १३, २०७८ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?