२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८ सय जनाको सफल मिर्गौला प्रत्यारोपण

काठमाडौँ — शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म आठ सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । करिब ९ वर्षअघि केन्द्रले मिर्गौला प्रत्यारोपण सुरु गरेको हो ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८ सय जनाको सफल मिर्गौला प्रत्यारोपण

दसैं तिहारको छुट्टिको बीचमा ३७ जना( २५ जना पुरुष र १२ जना महिला)को मिर्गौला प्रत्यारोपण गर्दा केन्द्रले शत प्रतिशत सफलता हात परेको छ ।

केन्द्रको अनुसार वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठ, वरिष्ठ नेफ्रालोजिष्ट डा. कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा. राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले हालसम्म सम्पन्न गरेको प्रत्यारोपणमा अंगदाता तर्फ सत प्रतिशत सफलता हासिल भएको छ भने मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता प्राप्त भएको छ ।

प्रकाशित : मंसिर २०, २०७८ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?