कोरोना अपडेट

२४ घण्टामा २६५ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २६५ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २६५ संक्रमित थपिए, २ जनाको मृत्यु

तीमध्ये ७११४ जनाको पीसीआर र १५०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा जम्मा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ३५७ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । यस्तै १ लाख ६६ हजार १० जनाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सोमबार मात्रै नेपालमा पनि पुष्टि भएको छ ।


प्रकाशित : मंसिर २०, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?