लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो ।

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय

झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताए । उनले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ ।उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताए ।

नेपालमा पनि ओमिक्रोन देखिएपछि फेसबुक, टिकटक, ट्वीटर लगायत सामाजिक सञ्जालमा धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । तर सरकारी अधिकारीहरूले अहिले लकडाउनबारे कुनै निर्णइ नगरेको जनाएका छन् । तर स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत गराएका छन् ।

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

प्रकाशित : मंसिर २०, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?