कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

काठमाडौंमा हुने संक्रमणजन्य रोग सम्बन्धी सम्मेलनमा नोबेल विजेता योनाटले सम्बोधन गर्ने

काठमाडौँ — काठमाडौंमा आयोजना हुने तेस्रो संक्रमणजन्य रोग तथा नानोमेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा नोबेल पुरस्कार विजेता इडा योनाटले सम्बोधन गर्ने भएकी छन् ।

काठमाडौंमा हुने संक्रमणजन्य रोग सम्बन्धी सम्मेलनमा नोबेल विजेता योनाटले सम्बोधन गर्ने

सम्मेलनमा सन् २००९ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार जितेकी योनाट मुख्यवक्ताको रुपमा रहनेछिन् । उनी इजरायलको विश्वप्रसिद्ध वाईजम्यान इन्ष्टिच्युट अफ साईन्ससँग सम्बन्धित छिन् ।

यस्तै खोप सम्बन्धी वैज्ञानिक पिटर होटेजले पनि सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । होटेज ओबामा सरकारको पालामा (सन् २०१४-२०१६) खोप सम्बन्धी सामन्जस्यता गर्न मध्यपूर्व र उतर अफ्रिका लागि विशेष दूत, ह्युस्टन टेक्सासमा अवस्थित बेलर कलेज अफ मेडिसिनमा कार्यरत छन् ।

मंसिर २९ देखि पुस ३ हुने अन्तर्राष्ट्रिय सम्मेलन कोरोना महामारीका कारण भर्चुअल हुने आयोजक कमिटीका सहसंयोजक सन्तोष थापाले बताए । 'योनाटले सम्मेलनमा एन्टी बायोटिकको जथाभावी प्रयोगले उत्पन्न गर्न जोखिमको बारेमा बोल्नु हुनेछ' थापाले भने ।

नेप्लिज फोरम फर मेडिकल माइक्रोबायोलोजी, नेपाल पोलिमर इन्ष्टिच्युट र चाइनीज एकेडमी अफ साइन्स, इन्ष्टिच्युट अफ माइक्रोबायोलोजी अन्तर्गत विश्व प्रसिद्ध क्यास-ट्वास सेन्टर अफ एक्सिलेन्स फर बायोटेक्नोलोजीको संयुक्त आयोजना तथा बेलायतको लन्डनस्थित सोसाईटी फर एप्लाइड माइक्रोबायोलोजीको सहयोगमा संक्रमणजन्य रोग र नानोमेडिसिन सम्बन्धी उक्त वैज्ञानिक सम्मेलन हुन लागेको हो।

सम्मेलनमा माक्रोबायोलोजी, संक्रमणजन्य रोग, सरुवा रोग, इपिडेमियोलोजी, पब्लिक हेल्थ, फार्मेसी, मोलेक्युलर बायोलोजी, बायोटेक्नोलोजी, मेडिसिनल केमेष्ट्रि, पोलिमर/माटेरियल साइन्स, तथा अतिसुक्ष्म प्रविधि (नानोटेक्नोलोजी) को औषधि विज्ञानमा गरिने अत्याधुनिक प्रयोग–नानोमेडिसिन सम्बन्धी अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन् ।

'सम्मेलनमा कोरोना-१९ महामारी सम्बन्धी विशेष सत्रसमेत संचालन हुनेछ' उनले भने । सम्मेलनमा इजरायल, अमेरिका, क्यानाडा, बेलायत, चेक गणतन्त्र, जर्जिया, दक्षिण अफ्रिका, केन्या, अस्ट्रेलिया, मंगोलिया, चीन, हङकङ, भारत, पाकिस्तान, नेपाल लगायत मुलुकहरूबाट दर्जनौं वैज्ञानिक, चिकित्सक, अनुसन्धानकर्ता, विद्यार्थीको सहभागिता रहनेछ ।

प्रकाशित : मंसिर १८, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?