२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सबै नागरिकका लागि पर्याप्त खोप छ : स्वास्थ्यमन्त्री खतिवडा

रासस

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताएका छन् ।

सबै नागरिकका लागि पर्याप्त खोप छ : स्वास्थ्यमन्त्री खतिवडा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोजना गरेको पार्टीको प्रथम अधिवेशनमा मन्त्री खतिवडाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन आग्रह गरे ।

उनले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव व्यवस्थापनका लागि अर्को व्यवस्था नहुँदासम्म सरकारको छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गरी कार्य क्षेत्रमा खटाइने बताए । यस्तै मन्त्री खतिवडाले स्थानीय तहका कुनै वडामा कुनै प्रकारका स्वास्थ्य संस्था नभएकाले स्वास्थ्य संस्था स्थापना गर्न पहल भइरहेको बताए ।

प्रकाशित : मंसिर ११, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?