सन्दर्भ विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दर्भ विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर

रासस

काठमाडौँ — तिलगंगा आँखा प्रतिष्ठानले आँखामा मधुमेहको असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विश्व मधुमेह दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । ‘मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले' मूल भावका साथ प्रतिष्ठानले नि:शुल्क उपचार सेवा पनि प्रदान गरेको छ ।

यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउन अस्पतालको हाताभित्र बुधबार जानकारीमूलक विभिन्न सामग्री वितरण, आमसञ्चारका विभिन्न माध्यममा सामग्री प्रचारप्रसार तथा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । यस क्रममा ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको बताइन्छ । मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुणा बढी हुन्छ ।

संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाइरहेका छन् । प्रत्येक दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोपचारका माध्यमबाट सजिलै ५० प्रतिशतभन्दा बढीमा रोकथाम गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ । संसारमा कूल अन्धोपनामध्ये ४.८ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ ।

मधुमेहको आँखामा असर ‘डायबेटिक रेटिनोपेथी’ सम्बन्धी जनचेतना जगाउन सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोपेथी दिवस’ मनाउँदैआएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा परिवारवाद : नेताका श्रीमती र छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

कोही विरासतको बलमा नेतृत्व दाबी गर्दै, कोही छोराछोरी र श्रीमतीलाई सक्रिय बनाउँदै 
प्रकाश धौलाकोटी

काठमाडौँ — एउटै परिवारले निरन्तर २० वर्षसम्म पनि शासन गरेको कांग्रेसमा नेताहरूले आफ्ना श्रीमती, छोराछोरी र नातेदारलाई अघि सार्नु नौलो होइन । तर, विरासतको विरोधमा पार्टीभित्र बलियो मत बन्दै गएपनि नेताहरूले भने पारिवारिक विरासत फैलाईरहेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा आउन नसके सक्रिय राजनीतिबाटै बाहिरिनुपर्ने जोखिममा रहेका सबैजसो नेताहरूले यसपटक आफना श्रीमती, छोराछोरी, नातेदार वा परिवारका कोही न कोहीलाई सक्रिय राजनीतिमा अघि बढाएका छन् । पार्टीभित्र आफ्नो क्षेत्रमा पर्ने सांगठनिक प्रभावको लाभमा नेताहरूले इमान्दार, निष्ठावान र सक्षम कार्यकर्तालाई छोडेर आफ्नै श्रीमती, छोराछोरी, नातेदार र चन्दादाता व्यवसायीलाई अघि बढाउने क्रम यसपटक पनि जारी छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रदेखि तल्लो तहसम्मै ‘वंश र परिवारवाद’ का अंश यसपटक बढेको छ । खास गरी संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले नै आफ्नो बाबुले गरेको राजनीतिक योगदान र त्यागको आड समेत लिएर यसपटक नेतृत्वमा पुग्ने आकांक्षा प्रकट गरिरहेका छन् ।

गत साता सम्पादकहरूसागको छलफलमा नेता प्रकाशमान सिंहले त्यस्तै अभिव्यक्ति दिए । ‘यसपटक म कुनै हालतमा पछि हट्दिन, मलाई अरुले छोडिदिनुपर्छ भन्ने हो, फेरि सधैं गणेशमान सिंहकै परिवारले मात्रै त्याग गर्नुपर्ने भन्ने पनि हुदैन,’ सिंहले भनेका थिए । आधा जीवन चिकित्सा पेशामा बिताएका शशांक कोइराला १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए, १३ औं मा सीधै महामन्त्री बने । अहिले पनि उनी सभापतिका बलिया आकांक्षी हुन्, यी सबैका पछाडि बीपी विरासत नै मुख्य कारण हो ।

कांग्रेसमा ०४८ सालपछि मात्रै कोइराला परिवारले २० वर्ष शासन गर्‍यो । १३ औं महाधिवेशनमा कोइराला परिवार विरासतकै उम्मेदवार कोही रहेनन्, त्यहीकारण मौकाले १० औं महाधिवेशनदेखि कोइराला परिवार विरुद्ध लड्दै आएका शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्ने मौका पाए । त्यसबीचमा देउवाले एजेन्डा नै बनाए, ‘पार्टी विरासतले होइन, क्षमता र निष्ठायुक्त नेतृत्वले चल्छ ।’ तर, विरासतबाट विरक्तिएका कार्यकर्ताको समर्थनमा नेतृत्वमा पुगेका सभापति एवं प्रधानमन्त्री देउवा अहिले आफैं पारिवारिक विरासत फैलाउन लागिपरेका छन् ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू जिउँदो हुँदै छोरी सुजाता कोइरालालाई पार्टी र सत्ता राजनीतिमा अघि सारेका थिए । अहिले त्यसैको सिको गरिरहेका छन् अन्य नेताहरूले । देउवाले श्रीमती आरजु राणा पहिल्यै अघि सारेका थिए, यसपटक छोरा जयवीर देउवालाई पनि पार्टीको सदस्यता दिलाए ।

१४ औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा पनि नेताहरूले वंश र पारिवारिक विरासत फैलाउने गरी आफ्नै श्रीमती, छोराछोरी, नातेदारलाई मात्रै होइन, चन्दादाता व्यापारीलाई समेत अघि सारिरहेका छन् । देउवा सभापतिमा दोहोरिन चाहन्छन् । श्रीमती आरजुलाई डडेलधुराबाट निर्विरोध महाधिवेशन प्रतिनिधि बनेकी छन् । यसपटक देउवाकै सिको गरेर नेता प्रकाशमान सिंहको परिवारमा पनि भएको छ । श्रीमती सिर्जना सिंह र छोरा प्रभाषमान सिंहलाई महाधिवेशन प्रतिनिधि बनेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी, उपसभापति विजयकुमार गच्छदारका छोरा र स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा पनि महाधिवेशन प्रतिनिधि बनेर पार्टी राजनीतिमा सक्रिय हुने संकेत गरेका छन् । यसबाहेक धेरै केन्द्रीय नेता र केन्द्रीय सदस्यहरूले आफ्नै परिवारका सदस्यलाई पार्टी राजनीतिमा अघि सारेका छन् ।

एकै परिवारका व्यक्ति फरक–फरक पदमा निर्वाचित भएका दर्जनौं उदाहरण छन् । कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीको नेतृत्व चयनमा विरासत हावी हुन्छन् । नेताहरू आफू रहेसम्म आफैं, त्यसपछि पनि आफ्नै सन्ततिले पार्टी कब्जा गरुन् भन्ने चाहन्छन्, त्यसैको प्रभाव तल्ला तहमा पनि देखियो ।’ संगठन कब्जा गर्ने र नियन्त्रणमा राखेर पार्टी चलाउने गलत अभ्यास बढेर गएको ती नेता बताउँछन् ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले दक्षिण एसियाली देशहरूको नकारात्मक अभ्यासको प्रभाव नेपाली राजनीति परेको बताउँछन् । ‘भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका लगायत देशहरूमा राजनीति र सत्तामा परिवार र वंश हाबी छ, जुन एकदमै नकारात्मक अभ्यास हो, त्यसैको प्रतिबिम्ब नेपाली राजनीतिमा पनि देखिन्छ,’ उनले इकान्तिपुरसँग भने, ‘यसले पार्टीको छविमा नकारात्मक असर पुर्‍याउँछ ।’ उनले कांग्रेस जस्तो लोकतन्त्रवादी र उदार पार्टीभित्र नेतृत्व चयन गर्दा सैद्धान्तिक वैचारिक योगदानको मुल्यांकन नहुनु गलत भएको बताउँछन् ।

‘नेतृत्व चयनमा सैद्धान्तिक वैचारिक योगदानको मुल्यांकन हुनुपर्ने हो । तर, परिवार, नातेदार वा चन्दादाता र व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई अघि बढाउने संस्कार बसेको छ, यसले कांग्रेसलाई लाभ गर्दैन, हानी पुर्‍याउने मात्रै हो,’ उनले भने । उनले राजनीतिक विरासतकै आडमा राजनीतिमा आएर पद र प्रतिष्ठा आर्जन गर्ने चाह राख्नु उपयुक्त नहुने बताए । ‘कांग्रेसमा बीपी कोइराला, प्रकाशमान सिंह र महेन्द्रनारायण निधिको परिवारको विशिष्ठ योगदान छ, तर त्यही कारण दोस्रो, तेस्रो पुस्ताले निरन्तर नेतृत्व पाउनैपर्छ भन्ने हुदैन,’ विश्लेषक वाग्ले भन्छन्, ‘वंशज, गोत्र, कुल वा लिगेसीकै आधारमा मात्रै नेतृत्व चयन गर्ने अभ्यास राम्रो होइन, लोकतान्त्रिक दलहरूले सच्याएर अघि बढ्नुपर्छ ।’

प्रकाशमानकी श्रीमती र छोरा बने महाधिवेशन प्रतिनिधि

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले श्रीमती र छोरालाई पनि सक्रिय राजनीतिमा ल्याएका छन् । उनकी श्रीमती सिर्जना सिंह र छोरा प्रभासमान सिंह १४ औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट सिर्जना र प्रभासमान सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । ११ औं महाधिवेशनमा प्रकाशमान जेलमा भएका बेला सिर्जना महाधिवेशन प्रतिनिधि बनेकी थिइन् । तर, त्यसयता उनी भूमिकाविहीन थिइन् । यसपटक प्रकाशमान आफैं सभापतिका आकांक्षी बनेपछि सिर्जना पुन: महाधिवेशन प्रतिनिधि चुनिएकी हुन् । छोरा प्रभासमान पनि सक्रिय राजनीतिमा आएका छन् । सिंहका जेठा छोरा उनी यसअघि तरुण दलको समेत केन्द्रीय पार्षद बनेका थिए । अष्ट्रेलियाबाट अर्थशास्त्रमा स्नात्तकोत्तर गरेका सिंह अब भने पार्टीको सक्रिय राजनीतिमै होमिएका छन् । योसँगै प्रकाशमानको घरबाटै तीन जना महाधिवेशन प्रतिनिधि बनेका छन् ।

पौडेलकी छोरी पनि महाधिवेशन प्रतिनिधि

वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पनि सक्रिय राजनीतिमा आएकी छिन् । आसन्न महाधिवेशनमा पार्टीको सभापतिका आकांक्षी पौडेलकी छोरी संज्ञाले कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि जितेकी हुन् । उनले महिलातर्फ खुला प्रतिस्पर्धा गरेरै महाधिवेशन प्रतिनिधि जितेकी छिन् । ४ पदका लागि ११ उम्मेदवार मध्ये संज्ञाले दोस्रो लोकप्रिय मत पाएकी छिन् । संज्ञाका श्रीमान् परमेश्वर पोखरेल पनि कांग्रेसको सक्रिय राजनीतिमै छन् । उनी १३ औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि पदमा पराजित भएका थिए । यसपटक भने उनले आफूले छाडेर श्रीमती संज्ञालाई अघि बढाएका छन् ।

खुमबहादुर पुत्र पनि सक्रिय राजनीतिमा

पूर्वगृहमन्त्री एवं कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा २८ वर्षीय अनुराग खड्का पनि सक्रिय राजनीतिमा आएका छन् । उनी दाङको क्षेत्र नम्बर १ बाट सर्वाधित मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खुलातर्फ १० पदमा २१ प्रतिस्पर्धीमध्ये अनुरागले ४९७ मत पाए । सो क्षेत्रमा ६८५ मत खसेको थियो । ‘मैले पाएको मत मेरो होइन, यो बुवाप्रतिको माया हो, मेरो बुवाप्रति आम कार्यकर्ताले देखाएको सम्मान हो,’ बुधबार महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनले सञ्चारकर्मीसँग भनेका छन् । खुमबहादुरकी पत्नी शिला खड्का यसअघि खुमबहादुरको निधनपछि नै कांग्रेसको केन्द्रीय सदस्य मनोनित छिन् । १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गर्न सघाएका खड्कालाई देउवाले उपसभापति बनाउने बचन दिएका थिए । तर, पछि उनको निधनपछि देउवालाई उनकी पत्नीलाई केन्द्रीय समितिमा ल्याएका हुन् ।

गच्छदारले अघि सारे कान्छो छोरा

कांग्रेस उपसभापति बिजयकुमार गच्छदारका कान्छा छोरा सुवास गच्छदार पनि कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय उपसभापतिका आकांक्षी गच्छदारले आफ्ना छोरालाई मोरङको क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि बनाएका हुन् । सुवास सो क्षेत्रबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बेलायतबाट इलेक्ट्रिल इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका ४० वर्षीय गच्छदारले अब राजनीतिमा लागेर बाबुको विरासतलाई अघि बढाउने घोषणा गरेका छन् ।


प्रकाशित : मंसिर ८, २०७८ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×