२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेपाल फिजियोथेरापी संघको दशौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ — नेपाल फिजियोथेरापी संघ (नेप्टा)को दशौँ अन्तर्राष्ट्रिय सम्मेलन भर्चुअल रुपमा सम्पन्न भएको छ । करिब ४५० जना सहभागी भएको उक्त कार्यक्रममा देश तथा विदेशका वरिष्ठ चिकित्सक र फिजियोथेरापीस्टहरुले विभिन्न उपचार विधिबारे आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।

नेपाल फिजियोथेरापी संघको दशौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

दुई दिने उक्त कार्यक्रममा विभिन्न विधामा पुरस्कार समेत वितरण गरिएको थियो । यसपटकको 'लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट श्रीमती गायत्री थापालाई प्रदान गरिएकको थियो । यस्तै उत्कृष्ट पेपर प्रेजेन्टेसनतर्फ सृष्टि शाक्यलाई प्रदान गरिएको थियो । त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट फिजाेथेरापि विषयमा स्नातक तथा स्नातकोत्तर तहका विश्वविद्यालयमा उच्च अंक प्राप्त गर्ने हरुलाई 'युनिभर्सिटी टपर अवार्ड'ले सम्मान गरिएको थियो ।

प्रकाशित : मंसिर ५, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?