२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कात्तिक २८ देखि मंसिर ३ गतेसम्म फाइजरको खोप लगाइने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कात्तिक २८ देखि मंसिर ३ गतेसम्म फाइजरको खोप लगाइने जानकारी दिएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले देशभर १२ वर्ष माथिका दीर्घरोगीहरुलाई दिइने बताए ।  

कात्तिक २८ देखि मंसिर ३ गतेसम्म फाइजरको खोप लगाइने 

‘रोग प्रतिरोधात्मक क्षमता कम भएका धेरै व्यक्तिले पहिले नै लगाइसकेका छन् खोप । त्यसैले पनि कम होलान् । पहिला लगाउन छुटेकाले पनि पाउनेछन् । पहिलो खोप लगाएको ३ देखि ४ हप्ताको बीचमा अर्को डोज लगाउनुपर्छ,’ उनले भने ।

उपत्यकाका ९ र उपत्यका बाहिरका १५ गरी विभिन्न २४ वटा अस्पतालबाट यो खोप लगाइने छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी कम्पनी फाइजर बायोएनटेकको १ लाख ६२० मात्रा खोप कोभ्याक्स सुविधा अन्तर्गत नेपाल आएको छ ।

नेपालमा हालसम्म कुल जनसंख्याको २८.३ प्रतिशत ले कम्तीमा एक मत्रा र २१.७ प्रतिशतले पूर्ण मात्रामा खोप पाइसकेका छन् ।


प्रकाशित : कार्तिक ९, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?