बालबालिकालाई विद्यालय भर्ना हुनुअघि अनिवार्य आँखा जाँच- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकालाई विद्यालय भर्ना हुनुअघि अनिवार्य आँखा जाँच

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल नेत्र ज्योति संघले बालबालिकालाई विद्यालयमा भर्ना हुनुअघि अनिवार्य आँखा जाँच हुनुपर्ने बताएको छ । संघका महासचिव भरतबहादुर चन्दले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल चलिरहेको बताए । 

संघले शुक्रबार आयोजना गरेको विश्व दृष्टि दिवसको शुभारम्भ कार्यक्रममा बोल्दै चन्दले भने –‘स्थानीय सरकारसँग मिलेर विद्यालय भर्ना हुनुअघि विद्यार्थीहरुको आँखा जाँच गर्ने विषयमा छलफल गर्दैछौं ।’

उनले होलबडी चेकअप गर्दा सबैले आँखाको जाँच पनि अनिवार्य रुपमा गराउनु पर्ने सुझाए । यस वर्षको नीति तथा कार्यक्रममा सरकारले विद्यालयमा आँखा स्वास्थ्य अनिवार्य गर्ने योजनासमेत बनाएको छ ।

संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले संघले २२ आँखा अस्पतालहरु, १२८ उपचार केन्द्रहरु तथा ४२ जिल्ला शाखाहरु देशभर आँखा उपचारको सञ्चालन गर्दै आएकोमा हरेक वडा तथा पालिकाहरुमा पनि आँखा उपचारको सुविधा रहने योजना अघि बढेको बताए ।

‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ यो वर्ष असोज २८ गतेका दिन विश्व दृष्टि दिवस मनाइँदैछ ।


प्रकाशित : आश्विन २०, २०७८ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वराजदूत पौड्याल भन्छन्: वामपन्थी विचारमा झुकाव राखे पनि दलको सदस्य छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व मुख्यसचिवसमेत रहेका चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्यालले वामपन्थी विचारप्रति आफ्नो झुकाव रहे पनि कुनै राजीतिक दलको सदस्य नभएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले विदेश मामिला विभागको सदस्यमा प्रस्ताव गर्दै आन्तरिक रुपमा छलफल गरेकोप्रति पौड्यालले असहमति जनाएका हुन् । 'मलाई यस विषय (विदेश मामिला विभाग सदस्य)मा कसैले सोधेको र सहमति पनि लिएको छैन। हाइस्कूलदेखि नै वामपन्थी विचारप्रति झुकाव राखे पनि विगत ३८ वर्षदेखि म कुनै राजनीतिक दलको सदस्य छैन' पौड्यालले भने 'कुनै दलमा जाने भए आफैँले सार्वजनिक गर्नेछु।'

माओवादी केन्द्रले पौड्यालसहित धेरै पूर्वराजदूतहरुको विभाग गठनको विषयमा छलफल चलाएको छ । पौड्यालले आफ्ना पिताको निधनपछि केही सातादेखि आफ्नो गाउँ गुल्मीमै रहेकोसमेत बताएका छन् । यसअघि महेश मास्केले पनि आफू कुनै राजनीतिक दलमा आवद्ध नरहेको स्पष्टिकरण दिएका थिए ।

पूर्वराजदूत पौड्याल र मास्के पनि मा‌ओवादी विदेश विभागमा

प्रकाशित : आश्विन २०, २०७८ २१:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×